
प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)
काठमाडौं, कात्तिक २२ । तिहारमा मिठाइको किनबेच निकै हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि मिठाइ खान दिने चलन छ ।
तिहारमा मिठाइलाई नभइ नहुने परिकारकारुपमा लिइन्छ । रसवरी, लालमोहन, बर्फी, पेडालगायतका मिठाइको बढी प्रयोग हुने गर्दछ ।
दिदीबहिनी र दाजुभाइबीचको आत्मियता साटासाट गर्ने पर्वकारुपमा परिचित तिहारमा दिदीबहिनीले दाजुभाइलाई मीठा–मीठा परिकार खुवाउने गर्दछन् ।
हामी चाडपर्वको समयमा मनलाग्दीरुपमा खानेकुरा खान्छौं । तर, त्यसले पछि स्वास्थ्यलाई भने नकारात्मक असर पुर्याएको हुन्छ ।
मुटुरोग, मधुमेह, उच्च रक्तचापलगायतका दीर्घरोगीहरुले भने जथाभावीरुपमा मिठाइको प्रयोग गर्नु हुँदैन ।
मिठाइमा मैदा, चिनी र तेलको प्रयोग हुने हुँदा स्वस्थ मानिसले पनि मिठाइ धेरै खानु हुँदैन ।
मिठाइले तौल र रगतमा कोलस्टोरको मात्रा बढाउने हुँदा स्वास्थ्यका लागि मिठाइ फाइदाजनक मानिँदैन ।
मिठाइलाई आकर्षक बनाउन विभिन्न रङहरुकोसमेत प्रयोग गरिने हुँदा त्यसले पनि स्वास्थ्यलाई असर पुर्याउँछ ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरुमा विभिन्न प्रकारका मिठाइ किन्नेको भीडभाड नै रहेको छ । मिठाइको मूल्य भने मनलागी रहेको छ ।
मिठाइ खानुअघि सलाद, फलफूल र पर्याप्त मात्रामा पानी पिउँदा गुलियोको असरलाई कम गर्दछ ।
घरमै बनाइएका मीठा–मीठा परिकारमा जोड दिने हो भने स्वास्थ्यको पनि खासै चिन्ता लिनुपर्दैन ।
प्रतिक्रिया दिनुहोस्