
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलकाक्रममा उनले पुँजीगत लाभकर बढाएर सरकारले लगानीकर्तालाई हतोत्साहित गर्न खोजेको भन्दै आलोचना गरे ।
सरकारले बजेटमार्फत् पुँजीगत लाभकर बढाएर ५ प्रतिशतबाट साढे ७ प्रतिशत पुर्याएको छ । ब्रोकर कमिसनमा भ्याट भने हटाइएको छ ।
नेपाली पुँजीबजार विस्तार हुन नसकेको अवस्थामा पुँजीगत लाभकर बढाएर सरकारले लगानीकर्तालाई हतोत्साहित गरेको उनले आरोप लगाए ।
साना बचतकर्तालाई पुँजीबजारमा आउन कुनै बन्देज लगाउन नहुने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले पुँजीगत लाभकर नलगाएपनि हुनेसमेत उल्लेख गरे ।
बजेटले निजी क्षेत्रलाई लगानी गर्न र नाफा कमाउनबाट कुन्ठित गरेको आरोपसमेत भट्टराईले लगाए ।
प्रतिक्रिया दिनुहोस्