काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई कारबाही हुन्छः गृहमन्त्री • Image Khabar Image Khabar


काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई कारबाही हुन्छः गृहमन्त्री


Imagekhabar
१९ जेष्ठ २०७५, शनिबार ११:००

काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई कारबाही हुन्छः गृहमन्त्री

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न शनिबार ताप्लेजुङमा पुगेका गृहमन्त्री थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधारको विकास नै समृद्धिको आधार भएकाले यसमा हेलचेक्र्याइँ गर्न नहुने बताए ।

उनले सरकारले आर्थिक विकास समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै यसमा सहयोग गर्न आग्रह गरे ।

कुनैपनि भौतिक पूर्वाधार निर्माणमा संलग्न भएकाहरुले अब काम पूरा गर्र्नैपर्ने उनको भनाइ थियो ।

काम पूरा नगर्ने र बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारबाही गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले पाथीभरा जाने सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमासमेत चासो राखेका थिए ।

वि.सं. २०७२ साल असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने काम सक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सन्चारकर्मीसहित स्थानीय बासिन्दाले मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्