२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मेरो वरीयता तोक्नेहरुले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझेका छैनन् : वरिष्ठ नेता खनाल


0
Shares

चीनमा भएको कार्ल मार्क्स सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबीसमेत गरे ।

वरीयताकाक्रममा चरम असन्तुष्टि व्यक्त गर्दै उनले आफ्नो वरीयता तोक्ने अधिकार कसैसँग नभएको भन्दै आफू दोस्रो वरीयतामै रहेको जिकिर गरे ।

वरीयताका विषयमा पार्टीभित्र रहेर संघर्ष गर्ने भन्दै खनालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रष्ट पारे ।

आफ्नो वरीयता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु भएको उनको टिप्पणी थियो ।

खनालले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै त्यसमा लाग्न सुझावसमेत दिए ।

खनालले आफू अस्वस्थ भएका कारण चीनमा रहँदा स्वास्थ्य परीक्षणसमेत गरेर आएको बताए ।