कालीगण्डकीमा बेपत्ता बालकको शव फेला • Image Khabar Image Khabar


कालीगण्डकीमा बेपत्ता बालकको शव फेला


Imagekhabar
१९ जेष्ठ २०७५, शनिबार १३:२९

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

पाल्पा, जेठ १९ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ ।

रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताए ।

नदीले बगाएर ल्याइरहेको अवस्थामा उनको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

रामपुर नगरपालिका वडा नं ४ देवीस्थान बस्ने नेपाली गत जेठ १५ गते दिउँसो साथीहरुसँग कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्