विद्युत् प्रसारणलाइनविरुद्ध स्थानीय • Image Khabar Image Khabar


विद्युत् प्रसारणलाइनविरुद्ध स्थानीय


Imagekhabar
१९ जेष्ठ २०७५, शनिबार १६:०२

विद्युत् प्रसारणलाइनविरुद्ध स्थानीय

गाउँबस्ती र खेतीयोग्य जमिनबाट लाइन विस्तार गर्न नहुने भन्दै शनिबार बिहान पत्थरकोटको जियाजोर चौतारामा भएको स्थानीयको बृहत् भेलाले विरोधस्वरुप मुआब्जा नबुझ्ने निर्णय गरेको हो ।

गाउँबस्ती र खेतीयोग्य जमिनबाट प्रसारणलाइन विस्तार गर्न नहुने स्थानीयको माग छ ।

उनीहरुले बस्तीलाई असर नपर्नेगरी अरु कुनै ठाउँबाट प्रसारणलाइन विस्तार हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

आफूहरु विकासको बाधक नभएको तर धेरैलाई क्षति हुनेगरी विद्युत् लाइन विस्तार गर्नुको कुनै अर्थ नरहेको संघर्ष समितिका अध्यक्ष वानवीर माझीले बताए ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरण, नगरपालिका र स्थानीय प्रशासनमासमेत उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्