सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो • Image Khabar Image Khabar


सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो


Imagekhabar
१९ जेष्ठ २०७५, शनिबार १९:०४

सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको ‘कमान्ड’मा ३२ जना सशस्त्र प्रहरीको टोली शनिबार उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलंगाबाट शनिबार बिहान ९ बजे हातहतियार तथा बन्दोबस्तीका सामानसहित सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले १० दिनसम्म सीमा क्षेत्रको अवस्थाकाबारेमा जानकारी लिने गुल्मपति जोशीले जानकारी दिए ।

सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरी टोलीले ब्यास गाउँपालिका–१ मा पर्ने लिपुलेकमा रहेको चीन र नेपालको सीमाना छुट्याउने पिलर नम्बर–१ को समग्र अवस्थाकाबारेमा जानकारी लिने भएको छ ।

सशस्त्र प्रहरीको टोलीले यो समयमा हुने वन्यजन्तुको चोरी–सिकारीलाईसमेत नियन्त्रण गर्ने जनाइएको छ ।

दार्चुलाका हिमाली क्षेत्रमा पाइने विभिन्न लोपोन्मुख वन्यजन्तुको चोरी–सिकारीकार्यलाई नियन्त्रण गर्न अवैध हातहतियार भएको शंका लागेको घरमा छापा मारेर नियन्त्रणमा लिने गुल्मपति जोशीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्