
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७ अंकले बढेर अन्तिम दिन १३ सय ७ अंकमा पुग्यो । गत साता नेप्से २१ अंकले ओर्लिएको थियो ।
यो साता वाणिज्य बैंक र उत्पादनमूलक समूहमाबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से सच्चिएको हो ।
वाणिज्य बैंक समूह करिब ५ अंकले झर्यो भने उत्पादनमूलक समूहमा ७ अंकको गिरावट आयो । बिमा समूह भने सबैभन्दा उच्च १७३ अंकले उक्लियो ।
यस्तै, होटल समूह ४० अंकले, लघुवित्त समूह ३० अंकले, विकास बैंक समूह १४ अंकले सुधारियो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि १० अंकको सुधार आयो ।
यो साता कारोबार परिमाणमा पनि सामान्य सुधार आयो । १८३ कम्पनीहरुको दुई अर्ब ८ करोड ७३ लाख रुपैयाँ बराबरका ४७ लाख ४४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १८३ कम्पनीहरुको एक अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरका ४१ लाख ३७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ८ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको नेपाल बैंक, कारोबार भएको सेयर संख्याको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल संस्थापक र कारोबार संख्याको आधारमा प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहे ।
प्रतिक्रिया दिनुहोस्