Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


दोस्रो हिमालयन ट्राभल मार्ट जारी


0
Shares

शुक्रबारदेखि राजधानीमा जारी ट्राभल मार्टमा नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने एवं नेपाललाई हिमाली क्षेत्रको प्रवेशमार्गकारुपमा स्थापित गर्ने विषयमा छलफल भइरहेको आयोजक प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा)ले जनाएको छ ।

मार्टमा नेपालसहित चीन, पाकिस्तान, बंगलादेश, भुटानलगायत ३७ देशका प्रतिनिधिहरु सहभागी छन् ।

मुलुकका ट्राभल ब्लगर्स, टुर अपरेटर, अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिसमेत १६० भन्दा बढी प्रतिनिधिबीच पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भइरहेको छ ।

मार्टमा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न १७ ओटा विषयमा कार्यपत्र पनि प्रस्तुत् भइरहेको छ । ट्राभल मार्ट आइतबार सकिनेछ ।