पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्ने तयारी • Image Khabar Image Khabar


पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्ने तयारी


Imagekhabar
२० जेष्ठ २०७५, आईतवार ०८:१०

पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्ने तयारी

फिदिम, जेठ २० । पाँचथरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्न गुरुयोजना बनाइने भएको छ ।

धार्मिक र पर्यटकीय स्थलको रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पाँचथरको फिदिम नगरपालिका–४ स्थित थाक्ले मन्दिर परिसरमा नेपालकै अग्लो बुद्ध र शिवको मूर्ति राख्न लागिएको हो ।

आर्थिक वर्ष ०७५/०७६ को बजेटबाट विनियोजित रकमले गुरुयोजना निर्माण गर्ने र प्रारम्भिक काम थालिने वडाअध्यक्ष प्रकाश गुरुङले बताए ।

फिदिम नगरपालिका तथा पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशका सबै सांसद, उद्योगी, व्यवसायी, समाजसेवी सबैसँग सहयोग मागिने बताइएको छ ।

नजिकै थाक्ले मन्दिर र यो मन्दिरभन्दा १ सय मिटरमाथि ऐतिहासिक जुन डाँडा रहेको छ । मूर्ति राखिने डाँडाबाट पाँचथर, तेह्रथुम, ताप्लेजुङ, धनकुटालगायत शहरको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्