३० असार २०८२, सोमबार | Tue Jul 15 2025


प्रदेश नम्बर ७ ले २५ अर्वको बजेट ल्याउने


0
Shares

कैलाली, जेठ २० । प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको अन्तिम तयारीमा जुटेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरुप अर्थ मन्त्रालय बजेटको अन्तिम तयारीमा जुटेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले २५ अर्बको बजेट ल्याउन लागेको जानकारी गराएका छन् । संघीय सरकारले प्रदेश नम्बर ७ का लागि २१ अर्ब १ करोडको ब्यवस्था गरेको छ ।

नयाँ आर्थिक बर्षका लागि आउन लागेको बजेटले दिगो आर्थिक विकास गर्न कहत्वपूर्ण भुमिका खेल्ने बताए ।

बजेटले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने, माटो परीक्षण, कृषि बिमा, अनुदान लगायतका लोकप्रिय कार्यक्रम समेटिने अर्थ मन्त्री बोहराले बताए ।