२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नाइजेरियामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरे


0
Shares

काठमाडौं, जेठ २० । नाइजेरियाको उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २३ भन्दा बढी मानिसको हत्या गरेका छन् ।

जानोका गाउंमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा १० हजार भन्दा बढी पशु चोरी भएको जनाएको छ ।

जाम्फरामा पछिल्लो समय भिजिलान्ते र पशु पालकहरुबीच हिंसा बढ्को छ ।

नाइजेरियामा इस्लामिक लडाकु समुह बोको हरामले चलाएको हिंसा शुरु हुनु भन्दा अघि देखी पशु चोरी सम्बन्धी हिंसा हुंदै आएको छ ।

बोको हरामको हिंसाका कारण भन्दा पशु चोरीको घटनामा मारिनेको संख्या बढी रहेको अनुमान गरिन्छ । तर यस सम्बन्धमा सरकारी तथ्यांक भने आएको छैन ।

पशु चोरीमा अपराधी र नेताहरुको पनि संलग्नता भएकाले यो विषय थप जटिल बनेको बताइन्छ । (एजेन्सी)