
काठमाडौं, जेठ २० । सरकारले पूँजीगत लाभकर बढाएसंगै वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा थप पहिरो गएको छ ।
५ प्रतिशत पूँजीगत लाभकरलाई बढाएर सरकारले साढें ७ प्रतिशत पुर्याएको छ ।
आइतबार शेयर बजार परिसूचक नेप्से ३४ अंक बराबरले झरेर १२ सय ७३ मा आइपुग्यो ।
उत्पादनमूलक समूह बाहेक सबै समूहमा उच्च गिरावट आयो । बीमा समूहमा सबैभन्दा उच्च २ सय ९० अंकको गिरावट आयो ।
होटल समूह ६१ अंकले झर्यो । लघुवित्त समूह ५५ अंकले ओरालो लाग्यो ।
जलविद्युत समूहमा ३३ अंक, विकास बैंक समूहमा ३० अंक अनि वाणिज्य बैंक समूहमा पनि २६ अंकको कमी आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको ९ लाख ९७ हजार कित्ता शेयर ५५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्