
काठमाडौं, जेठ २० । ५ लाख पर्यटक आगमनको जग बनाउदै दोस्रोे हिमालयन ट्राभल मार्ट २०१८ सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको नेतृत्वमा नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको आयोजनामा शुक्रबार देखि राजधानीमा भएको कार्यक्रम ट्राभल मार्ट आइतबार उत्साहपूर्वक सम्पन्न भएको आयोजकले जनाएका छन् ।
२६ वटा देशहरुवाट ५९ बायर्स र नेपाल, भारत, भुटान, दक्षिण कोरिया, इन्डोनेशिया, टर्की र यु ए इ लगायत सातवटा देशहरुवाट ५२ वटा बिक्रेताहरुको सहभागिता थियो ।
यस कार्यक्रमले नेपाललगायत दक्षिण एशियाका सवै पर्यटन ब्यवसायीहरुलाई समाबेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्