अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प • Image Khabar Image Khabar


अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार ०८:४५

अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

वीरगन्ज, जेठ २१ । बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ ।

भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो ।

आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।

ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम अगाडि धर्ना दिएका छन् ।

भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोड/अनलोड नगर्ने चालकहरुले बताएका छन् ।

निगमका उपप्रबन्धक रामहरि निरौलाले आफूहरु समक्ष कुनै औपचारिक माग नआए पनि चालकहरु आन्दोलित भएको भन्ने जानकारी पाएको बताए ।

यसअघि पनि चालकहरुले भारतीय प्रहरीबाट दुव्र्यवहार हुने गरेको भन्दै गुनासो गर्ने गरेको र आन्दोलित पक्षसँग वार्ता गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्