२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्थानीय तहलाई १२६ सहकारीको अभिलेख हस्तान्तरण


0
Shares

खोटाङ, जेठ २१ । डिभिजन सहकारी कार्यालय उदयपुरले खोटाङका स्थानीय तहलाई सहकारीको अभिलेख हस्तान्तरण गरेको छ ।

राज्यको पुनर्संरचनासँगै अधिकांश कार्यालय स्थानीय सरकारको मातहतमा लैजानेक्रममा उक्त कार्यालयले जिल्लामा सञ्चालनमा रहेका १२६ सहकारीको अभिलेख दुई नगरपालिका र आठ गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

जिल्ला समन्वय समितिको सहभाहलमा आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतको दुई दिने अभिमुखीकरण तथा सहकारी अभिलेख हस्तान्तरण कार्यक्रम उद्घाटनको अवसरमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई सम्बन्धित स्थानीय तहको सहकारीको अभिलेख हस्तान्तरण गरिएको सहकारी विभाग डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत जितमान जिमीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चामलीङले सहकारीको अभिलेख हस्तान्तरण गरेका हुन् ।