१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


विर्तामोडमा ‘मेयर विषादीमुक्त नगर’ अभियान सुरु


0
Shares

झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ ।

नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो ।

विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्दै विषादी मुक्त नगर बनाउने कार्यक्रममा कृषकलाई समेट्न अहिले नगरपालिकाले कृषक र कृषकहरुको समूहलाई कृषि सामग्रीसहित जैविक तथा प्राङ्गारिक विषादी वितरण गर्न सुरु गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाभित्रका ५० जना कृषकलाई विषादीरहित तरकारी तथा फलफूल खेती गर्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।