
दक्षिण अफ्रिकाको भ्रमणका लागि निस्किएकी स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेको थिएन ।
एअरपोर्ट अथोरिटी अफ इन्डियाका महाप्रबन्धक जेबी सिहंले मरिससले एकतर्फीरूपमा चेतावनी जारी गरेको भन्दै सामान्यतया विमान उडेको आधा घन्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो चेतावनी जारी गरिने बताए ।
इन्धन भर्नका लागि उक्त विमान तिरूवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो ।
शनिबार भारतीय समयअनुसार दिउँसो २ बजेर ८ मिनेटमा तिरूवन्तपुरमबाट उडेको विमान भारतीय हवाई क्षेत्र कटेपछि भारतीय समयअनुसार अपराह्न ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो ।
त्यसपछि भने मरिससको एटीसी र विमानबीच भारतीय समयअनुसार अपराह्न ४ बजेर ५८ मिनेटमामात्रै सम्पर्क स्थापित भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्