
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा पछिल्लोपटक गरिएको मुल्यवृद्धिको विरोध गर्दै सांसदहरुले सरकारको धारणा माग गरेपछि मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य बढ्ने र घट्ने हो’–भने ।
अहिलेको मूल्य प्रणालीअनुसार पनि नेपालबाट भारतमा पेट्रोल तस्करी हुने गरेको भन्दै तस्करीलाई थप प्रोत्साहन गर्न नहुने उनको भनाइ थियो ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरु महेन्द्रराय यादव, उमा रेग्मीलगायतले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्