विखन्डनकारी र हिंसा भड्काउनेलाई कारबाही : प्रधानमन्त्री • Image Khabar Image Khabar


विखन्डनकारी र हिंसा भड्काउनेलाई कारबाही : प्रधानमन्त्री


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १९:०९

विखन्डनकारी र हिंसा भड्काउनेलाई कारबाही : प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा सोमबार आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारमा नरहेका पार्टीलाई पनि राष्ट्रको मूल प्रवाहमा ल्याइ दीगो शान्ति र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गराइने बताए ।

उनले छिमेकी भारत र चीनसँग परिपक्व कूटनीतिक सम्बन्ध राख्दै केही वर्षभित्रै भारतको रक्सौल तथा चीनको केरुङबाट काठमाडौं जोड्ने रेल्वे र पानीजहाज चलाउने कार्यक्रमलाई दृढताका साथ कार्यान्वयन गरिने बताए ।

उनले कार्यकर्तालाई राष्ट्रिय अखन्डताप्रति संवेदनशील हुँदै जनताको घरदैलोमा पुगेर पार्टी संगठनलाई क्रियाशील बनाउन तथा नेतामुखी र गुटबन्दीबाट अलग रहन सल्लाह दिए ।

भेलामा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र कुमारी मोक्तानले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजना सन्चालन गर्न केन्द्रीय सरकारबाट बजेट उपलब्ध गराउन प्रधानमन्त्रीसँग माग गरे ।

प्रधानमन्त्रीले सोमबारै प्रदेश नम्बर–३ का मुख्यमन्त्री तथा मन्त्री र विभिन्न मन्त्रालयका सचिवसँग मन्त्रिपरिषद कार्यालयमा भएको भेटमा प्रदेश सरकारले जनताका लागि सुशासन र दीगो विकास दिन आवधिक योजना तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे ।

उनले सरकारको काम–कारबाही पारदर्शी र निष्पक्षताका साथ सम्पन्न गर्न र आवश्यक ऐन–कानुन तर्जुमा गरी आगामी आवदेखि सरकारको प्रभावकारिता बढाउन अनुरोध गरे । रासस

प्रतिक्रिया दिनुहोस्