‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’ • Image Khabar Image Khabar


‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार २०:२०

‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’

४० भन्दा बढी संख्यामा नवीनतम् सोंच भएका युवाउद्यमीहरुको सहभागिता रहेको ‘स्टार्टअप शोकेस एन्ड एक्स्पो’ प्रदर्शनी नेपालमै पहिलोपटक आयोजना गरिएको आयोजकको दाबी छ ।

विदेसिन खोज्ने युवा जनशक्तिलाई देशमै साना तथा मझौला व्यवसाय गर्नमा प्रेरित गर्ने उद्देश्यले प्रदर्शनी गरिएको जनाइएको छ ।

नेपाल बाहिर श्रम वा अध्ययन गरेर फर्केका युवाहरुलाई नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्न आफूहरु प्रतिबद्ध रहेको पनि आयोजकहरुले बताए ।

एक्स्पोमा सहभागी लगानीकर्ता सल्लाहकार, सम्भावित साझेदार तथा ग्राहकसँगको भेटघाट एवं अन्तरक्रियाले नवउद्यमीहरुको आत्मविश्वास बलियो बनेको सहभागीहरुले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्