१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेप्से ५ अंक बढीले ओरालो


0
Shares

सरकारले बजेटमार्फत् पुँजीगत लाभकर वृद्धि गर्नुका साथै ‘फेस भ्यालु’मै तिर्नुपर्नै व्यवस्था गरेसँगै बजार थप प्रभावित हुँदै आएको छ ।

पुँजीगत लाभकरमा सरकारले मनपरी गरेको भन्दै आन्दोलनमा रहेको नेपाल इन्भेस्टर्स फोरमले त यसदिन एक घन्टा कारोबार नै गरेन ।

यसदिन पनि बजार परिसूचक नेप्से ५ अंक बढीले ओरालो लागेर १२ सय ६८ मा आइपुग्यो ।

अन्यबाहेक सबै समूह रातो रहे । बिमा समूहमा सबैभन्दा उच्च ६५ अंकको गिरावट आयो ।

लघुवित्त समूहमा ३१ अंक, होटल समूहमा २८ अंक अनि जलविद्युत् समूहमा पनि २७ अंकको गिरावट आयो ।

उत्पादनमूलक समूहमा पनि दोहोरो अंकको कमी आउँदा वाणिज्य बैंक समूह, विकास बैंक र वित्त समूह सामान्य अंकले रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका १० लाख ९० हजार कित्ता सेयर ४३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।