दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते • Image Khabar Image Khabar


दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते


Imagekhabar
२२ जेष्ठ २०७५, मंगलवार ०८:२०

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु, चारजना घाइते

स्याङ्जा, जेठ २२ । स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु भएको हो ।

स्याङ्जाको मिर्मीबाट गल्याङ आउँदै गरेको लु३२प ९९७९ र गल्याङबाट मिर्मी जाँदै गरेको लु३५प १६३३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुई मोटरसाइकलमा पाँचजना सवार थिए ।

घाइते हुनेमा गल्याङ नगरपालिका–३ का २२ वर्षीय अजित सुनार, कालीगण्डकी गाउँपालिका–२ का २० वर्षीय मदन पाण्डे, गल्याङ नगरपालिका–२ का २३ वर्षीय दिलीप राना र सोही स्थानका २२ वर्षीय सुशील सुवेदी रहेका छन् ।

घाइतेको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्