१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


विश्व वातावरण दिवसमा सरसफाइ र बृक्षरोपण


0
Shares

काठमाडौं, जेठ २२ । विश्व वातावरण दिवसका अवसरमा विभिन्न संघसंस्थाले काठमाडौंमा वृक्षरोपण तथा सरसफाई गरेका छन् ।

दिवसको अवसरमा ट्रेकिङ एजेन्सी अफ एसोसियसन नेपाल टान र लिभ फर लभले ‘प्लाष्टिकको प्रयोग नगरौं वातावरण र जिवजन्तुहरु जोगाऔं’ भन्ने नारासहित स्वयम्भु परिसरमा सरसफाई गरेकोे हो ।

टानका अध्यक्ष नवराज दाहाल र नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशीले सरसफाई कार्यक्रमको उद्घाटन गरे ।

त्यस्तै पञ्चकन्या ग्रुपले पनि उपत्यकाका विभिन्न स्थानको सरसफाई गरेको छ ।

पञ्चकन्या ग्रुपले काठमाडौंको त्रिपुरेश्वर, भृकुटीमण्डप, सिंहदरबार तथा ललितपुरको कुपण्डोल र जावलाखेलका सडक सरसफाई गरेको हो ।

वातावरण दिवसकै अवसर पारेर काठमाडौं महानगरपालिका वडा ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको अगुवाइमा थापाथलीमा वृक्षरोपण गरिएको छ ।

त्यसैगरी एभरेस्ट बैंकले पनि लाजिम्पाट क्षेत्रमा वृक्षरोपण गरेको छ ।