
विश्व वातावरण दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले मानवजातिको भविश्य सुनिश्चित गर्नका लागि पनि सबै मिलेर वातावरण जोगाउनुपर्नेमा जोड दिए ।
वातावरण प्रदूषण नियन्त्रणका लागि सबैसँग हातेमालो आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले वातावरण जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताए ।
वातावरण प्रदूषणमा ठूला मुलुकहरु जिम्मेवार रहेको भन्दै प्रधानमन्त्री ओलीले सबैले आ–आफ्नो हैसियतअनुसारको जिम्मेवारी लिनुपर्ने बताए ।
हिमाल र समुद्रलाई बचाउने अभियानलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।
वातावरण प्रदूषणबाट कुनै एक मुलुकमात्र आक्रान्त नभइ विश्व समुदाय नै प्रताडित रहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि साझा अभियान आवश्यक रहेको उनले उल्लेख गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ कार्ययोजनाकोसमेत लोकापर्ण गरे ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणको विनासमा मानवजातिको अतिक्रमण बढ्दै गएको भन्दै सरकारले प्रदूषण नियन्त्रण गर्न योजना बनाएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा वातावरणको क्षेत्रमा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्