रसुवामा पहिलोपटक अंगुरका बिरुवा रोपियो • Image Khabar Image Khabar


रसुवामा पहिलोपटक अंगुरका बिरुवा रोपियो


Imagekhabar
२२ जेष्ठ २०७५, मंगलवार १४:४३

रसुवामा पहिलोपटक अंगुरका बिरुवा रोपियो

विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो ।

जिल्लाका अन्य कार्यालयमासमेत बिरुवा रोपण गरिएको छ ।

‘एक कर्मचारी, एक फलफूल बिरुवा रोपण’ अभियानलाई सार्थक पार्न अंगुरका ६७, अंजिर ३५ र कागतीका १०० ओटा बिरुवा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइ रहेको लाङटाङको आसपास क्षेत्रसम्म कागती फल्ने तथा अंगुर र अंजिर उत्तरी रसुवामा पहिलोपटक रोपण गरिएको हो ।

कृषि कार्यालयका बागवानी अधिकृत राधेश्याम बराईले अंगुरखेती परीक्षण सफल भएमा किसानलाई अंगुरखेतीतर्फ आकर्षित गराउने योजना रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्