 
	    मरिच बोकेको युपी७८बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगन्ज–रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विशेष सूचनाको आधारमा इनर्वा प्रहरीचौकीबाट खटिएको प्रहरीको टोलीले मरिच बरामद गरेको हो ।
प्रहरीले कालो मरिचसहित ट्रक चालकलाई पनि पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको कानपुर जिल्ला बस्ने ३२ वर्षीय धर्मेन्द्र कुमार रहेका छन् ।
भारतबाट आलु लोड गरी नेपाल आएको भारतीय गाडी फर्कनेक्रममा मरिचलाई भारतीय सीमावर्ती सहर रक्सौल लैजान खोजेको चालकले बयान दिएका छन् ।
बरामद गरिएको मरिचको नेपाली बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्