
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असारमा हुने चीन भ्रमणका बेला सो विषयमा छलफल हुने बताए ।
उनले प्रधानमन्त्री ओलीको दुई वर्षअघिको चीन भ्रमणकाक्रममा भएको १० बुँदे सम्झौतालाई कार्यान्वयनमा लैजान पनि चिनियाँ पक्षसँग जोड दिइने उल्लेख गरे ।
विकास निर्माणका लागि विदेशी अनुदान, ‘सफ्टलोन’ र नाफामूलक क्षेत्रमा लगानी गर्न चल्तीको दरमा व्यावसायिक ऋणसमेत लिनसकिने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्