
ना५त ९५६६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक याङ्वरक गाउँपालिका–१, नाङ्खोल्याङका २१ वर्षीय मिलन सुनुवारको ज्यान गएको हो ।
दुर्घटनामा ट्याक्टरमै सवार दुईजना मजदुर घाइते भएका छन् । घाइते हुनेमा नाङ्खोल्याङकै सरन लिम्बू र किरन लिम्बू रहेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट काबेली नदीतर्फ बालुवा लिन जाँदै गरेको उक्त ट्याक्टर बुधबार दिउँसो साढे एक बजेतिर दुर्घटना भएको हो ।
ट्याक्टर सडकमा नै पल्टिएको छ भने दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्