सुन तस्करीका ‘ठूला माछा’ चाँडै पन्जामा पर्छन् : गृहमन्त्री • Image Khabar Image Khabar


सुन तस्करीका ‘ठूला माछा’ चाँडै पन्जामा पर्छन् : गृहमन्त्री


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार १८:४६

Rambahadur thapa nepal india border problem flood

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको सन्दर्भमा बुधबार सन्चारकर्मीहरुसँग मन्त्री थापाले ‘सुन तस्करीको छानबिनलाई प्रभावित पारी तस्करलाई बल पुर्‍याउने काम भइरहेको र यो ठूला माछाको छटपटाहट हो’–भने ।

तोकिएको म्यादभित्र छानबिन समितिले सुनकान्डका मुख्य दोषी समात्न नसके समितिको म्याद थप्नसकिने पनि उनले प्रस्ट पारे ।

विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक पर्ने भन्दै उनले सुशासनका लागि सरकारले ठोस कदम चलाइरहेको दाबी पनि गरे ।

समयमै काम नगर्ने सबै ठेकेदारलाई कारबाही गरिने भन्दै उनले काठमाडौंमामात्र निर्माणाधीन ३०० आयोजना अलपत्र रहेको र ती आयोजनामा भ्रष्टाचार भएको जिकिर गरे ।

गृहमन्त्री थापाले आयोजना अलपत्र पार्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरधनी शारदाप्रसाद अधिकारीमाथि पनि कारबाही गरिने प्रस्ट गरे ।

प्रतिक्रिया दिनुहोस्