१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


बझाङमा जिप दुर्घटना, श्रीमान्–श्रीमतीको मृत्यु


0
Shares

भाँडेबजारबाट ब्यासीतर्फ जाँदै गरेको से१ज ८३७ नम्बरको जिप छबिस–पाथीभेरा गाउँपालिका वडा नम्बर–४ भेटाखानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सोही गाउँपालिकाको डाँडागाउँका एकैघरका श्रीमान् ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र श्रीमती ३८ वर्षीया जालदेवी सिंह रहेका छन् ।

घाइतेको अवस्था पनि गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ ।