१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


मूल्यवृद्धिको विरोधमा बझाङ बन्द


0
Shares

पेट्रोलियम पदार्थको मूल्य हप्तैपिच्छे बढाएको भन्दै कालोझन्डासहितको जुलुस प्रदर्शन गरी बजार ठप्प पारिएको हो ।

विरोधमा उत्रेका विद्यार्थीले सदरमुकाम चैनपुरमा यातायातका साधन पनि बन्द गरी एक घन्टा जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए ।

हप्तैपिच्छे मनपरी ढंगले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको र दैनिक उपभोग्य वस्तुको मूल्यमा भइरहेको महँगीले सर्वसाधारण र विद्यार्थी मारमा परेकोले विरोधमा उत्रनुपरेको नेविसंघका जिल्ला अध्यक्ष दीपक भण्डारीले बताए ।