
काठमाडौं, जेठ २४ । अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।
सय जना इथियोपियन शरणार्थीसहित सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो ।
डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको बताइएको छ । केहीलाई भने उद्धार गरिएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम.) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए ।
यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ ।
ईथियोपियामा जारी हिंसाका कारण हरेक महिना कम्तिमा ७ हजार आप्रवासीहरु तस्करीको बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्