२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेकपालाई दर्ता प्रमाणपत्र दिइयो, ‘महाधिवेशनपछि ३३ प्रतिशत महिला’


0
Shares

नवगठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेता बिहीबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका हुन् ।

निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम दर्ता रहेका एमाले र माओवादी केन्द्रलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को नाममा दर्ता गरिएको जनाएको छ ।

दल दर्ताको प्रमाणपत्र बुझ्दै संसदीय दलका उपनेता नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी विधिवत् आयोगमा दर्ता भएको जानकारी दिए ।

उनले महाधिवेशनपछि पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्‍याउने पनि बताए ।

गत जेठ ३ गते दुई दलबीच एकता भएलगत्तै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।