Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


हङकङ लैजाने भन्दै डेढ करोड ठगेर फरार भएपछि…


0
Shares

उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुलाई हङकङ लैजाने भनेर ठगिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङले ठगेको आरोप उनीहरुको छ ।

वि.सं. २०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाखदेखि १० लाख रुपैयाँसम्म रकम उठाएर उनीहरु फरार भएको उनीहरुले बताए ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर–९ घर भएकी सञ्चिता गुरुङले ‘हङकङ लैजान्छु’ भनी रकम उठाइ भारतको नयाँदिल्ली पुर्‍याइ त्यहाँ गोरखा घर भएका जीवन गुरुङलाई जिम्मा लगाएपछि दुई महिना होटलमा राखिएको उनीहरुले बताए ।

ठगिएको बुझेपछि २७ जना नै जोगिएर नेपाल फर्कन सकेको भन्दै उनीहरुले सञ्चिता र सुमन रणपाल झापा तथा जीवन गुरुङ दिल्लीबाट फरार भएको उनीहरुको भनाइ छ ।