
बझाङ, जेठ २५ । चैनपुर ताक्लाकोट सडकखण्डमा काम गर्ने दुईजना मजदुर महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेका तल्कोट गाँउपालिका ३ बस्ने २८ वर्षीया जुनकिरी चदार र सोही ठाउँकै ४५ वर्षीया निरा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।
तल्कोट गाउँपालिका–३ को जिपजिप पानी भन्ने ठाउँमा बिहीबार बेलुका ५ः३० बजे ग्याबिन जाली भर्ने काम गरिरहेका बेला अचानक माथिबाट ढुङ्गा खसेर घाईते भएका दुबै मजदुर महिलाको मृत्यु भएको हो ।
उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै निरा रोकायाको मृत्यु भएको र जिल्ला अस्पतालबाट थप उपचारका लागि रेफर गर्ने क्रममा जुनकिरी चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्