बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते • Image Khabar Image Khabar


बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते


Imagekhabar
२५ जेष्ठ २०७५, शुक्रबार १०:५०

बस दुर्घटनामा एकजनाको मृत्यु, ३१ जना घाइते

दाङ, जेठ २५ । जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना५ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । (रासस)

प्रतिक्रिया दिनुहोस्