
बुटवल, जेठ २५ । प्रदेश नम्बर ५ को सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम आज प्रदेश सभामा पेश गर्दैछ ।
मन्त्रिपरिषद्को बैठकले नीति कार्यक्रम पारित गरी प्रदेशसभा बैठकमा पेश गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख उमाकान्त झाले सभामा नीति तथा कार्यक्रम बाचन गर्ने भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
नीति कार्यक्रम पेश गर्न दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
आगामी आर्थिक वर्षको नीति कार्यक्रममा चालू आर्थिक वर्षमा समावेश गरिएका नीति र कार्यक्रमलाई अद्यावधिक गरी केही विशेष योजना र कार्यक्रम समेटिएका छन् ।
यसअघिको नीति तथा कार्यक्रममा जस्तै कृषिलाई उच्च प्राथमिकता दिने र उद्योग तथा पर्यटनलाई आर्थिक समृद्धि र दीगो विकाससँग जोड्ने विषय प्राथमिकतामा छ ।
प्रतिक्रिया दिनुहोस्