Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनजना समातिए


0
Shares

भक्तपुर, कात्तिक २० । एक किलो सुन रु ३५ लाखमा बिक्री गर्ने भन्दै नक्कली सुन बिक्री गर्न ग्राहक खोज्दै हिँडेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा, धादिङ, गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ र काभ्रे, रोसी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा सुनको बिस्कुटजस्तै देखिने एक किलोग्राम लेखेको एक ढिक्का पहेंलो वस्तु लिएर सुन भन्दै बिक्री गर्न ग्राहकको खोजी गर्दै हिँडेका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजनालाई नै महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस