नेपाललाई ‘धनीहरुको देश’को रुपमा बदल्ने इच्छा छ : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


नेपाललाई ‘धनीहरुको देश’को रुपमा बदल्ने इच्छा छ : प्रधानमन्त्री ओली


Imagekhabar
२६ जेष्ठ २०७५, शनिबार १२:३०

नेपाललाई ‘धनीहरुको देश’को रुपमा बदल्ने इच्छा छ : प्रधानमन्त्री ओली

विराटनगर, जेठ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई धनीहरुको देशको रुपमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल अहिलेसम्म गरिब बस्नेहरुको देशका रुपमा चिनिएको भन्दै अब धनी जनता बस्ने देशको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले राष्ट्र निर्माणको महान अभियान लिएर सरकार अघि बढेको भन्दै केही वर्षभित्र बजेट पुगेन भन्ने गुनासो नै आउन नदिने बताए ।

अहिलेको सरकार कुराको प्रतिस्पर्धामा नभई कामको प्रतिस्पर्धामा अघि बढ्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट पनि फरक ढंगको भएको बताए ।

यसअघिका सरकारले राजनीतिलाई केन्द्रमा राखेर बजेट ल्याउने गरेको भए पनि अब दीर्घकालीन सोचका साथ बजेट आएको उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार प्रतिपक्षीलाई पेलेर नभई समेटेर अघि बढ्ने पक्षमा रहेको स्पष्ट पारे ।

उनले दुई तिहाईको सरकार भए पनि देशलाई सर्वसहमतिका आधारमा अघि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्