१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


अज्ञात रोगका कारण विद्यार्थी दिनहुँ बेहोस, पठनपाठनमा समस्या


0
Shares

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टकाअनुसार कक्षा–६ देखि १० सम्म अध्ययनरत् छात्रा बेहोस हुने गरेका छन् ।

दैनिकजसो चारदेखि पाँचजना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो । छात्रा बेहोस हुनेक्रम जारी रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५/२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधा/एक घन्टापछिमात्रै होसमा आउने गरेको जनाइएको छ ।

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हामफाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताए ।

यता, डाक्टरले उक्त रोगलाई ‘मास हिस्टेरिया’ बताएका छन् । रासस