१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


वनभोजमा गएका युवकको खोलामा डुबेर मृत्यु


0
Shares

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४, गोठलापानीका २५ वर्षीय अशोकमणि भट्ट रहेका बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

शनिबार बिहान वनभोज खान हिँडेका भट्ट मध्याह्न १२ बजे दशरथचन्द नगरपालिका–९, नीलगाडमा खोलामा नुहाउनेक्रममा बेपत्ता भएका थिए ।

खोलामा बेपत्ता भएका उनलाई दिउँसो साढे २ बजे प्रहरीले मृतावस्थामा फेलापारेको हो । मृतक भट्टको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

गोठलापानी बजार व्यवस्थापन समितिले आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी भएका भट्ट गर्मी छल्न भन्दै नुहाउन खोलामा गएका बताइएको छ ।