तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल • Image Khabar Image Khabar


तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल


Imagekhabar
२६ जेष्ठ २०७५, शनिबार १८:००

तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

जुम्ला विमानस्थलमा अवतरणकाक्रममा टायर पङ्चर हुँदा विमान अनियन्त्रित भइ धावनमार्गबाट चिप्लिएर तारको जालीमा ठोक्किएको थियो ।

विमानमा सवार १८ यात्री र चालकदलका तीन सदस्य सकुशल रहेको यति एअरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ ।

तारा एअरको विमान धावनमार्गमा अवतरणकाक्रममा चक्का पङ्चर भइ विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्री सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

दिउँसो करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणकाक्रममा दुर्घटनामा परेको थियो । रासस

तारा एअरको विमान दुर्घटना, चालकदलसहित सबै यात्री सकुशल

प्रतिक्रिया दिनुहोस्