
पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ ।
पोखराको चिप्लेढुंगादेखि प्रदेशसभासम्म र्यालीसहित आएको टोलीले प्रदेशसभाको गेट अगाडी दिनभर धर्नासहित नाराबाजी गरेका थिए ।
उनीहरुले जातीय नाम राखे मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । सबैलाई समेटिने गरी नाम राख्नुपर्ने माग उनीहरुको छ ।
खस क्षेत्री, आर्य सहित दशनामी समाज, विश्व हिन्दु महासंघ लगायतले संयुक्त प्रदर्शन गरेका हुन् ।
यसअघि तमुवान–मगरात नाम राख्न जातीय समुदायले प्रदर्शन सहित दवाव दिएपछि खस आर्य समूहले पनि जातीय नाम राख्न नहुने भन्दै सुझाव दिएको छ ।
समूहले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस भए पनि अझै बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्