
जलरिका साहित्य प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले काव्यतर्फ कृष्णभक्त श्रेष्ठ, आख्यानतर्फ अनिता तुलाधर र नाट्यतर्फ अशेष मल्ललाई जनही १ लाख १ हजार रुपैयाँसहित सम्मान गरे ।
शताब्दीपुरुष जोशीले नेपाली साहित्य पनि अन्तर्राष्ट्रियस्तरमा पुगिसकेको भन्दै साहित्यमार्फत् पनि नेपाललाई विश्वमा चिनाउनुपर्ने बताए ।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष जलेश्वरी श्रेष्ठको कथासंग्रह ‘फूल फुलाउने गमला’को विमोचनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्