नारायणगढ-मुग्लिङ सडक खण्डको सात ठाउँमा पहिरो • Image Khabar Image Khabar


नारायणगढ-मुग्लिङ सडक खण्डको सात ठाउँमा पहिरो


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०७:३५

नारायणगढ-मुग्लिङ सडक खण्डको सात ठाउँमा पहिरो

चितवन, जेठ २९ । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११ः२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको पनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्