Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


बजेट व्यापक कटौती गरेको भन्दै धनकुटाका वडाध्यक्षहरु आन्दोलित


0
Shares

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका वडा अध्यक्षहरु आन्दोलित भएका छन् ।

वडामा विनियोजन हुँदै आएको विकास बजेट व्यापकरुपमा कटौती गरिएको भन्दै धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ४, ५ र ६ का अध्यक्षहरुले गाउँपालिका अध्यक्ष कुमारजंग याखाको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

चालू आर्थिक वर्षका लागि विनियोजित ५० लाख रुपैयाँबाट घटाएर आउँदो आर्थिक वर्षका लागि प्रति वडा २० लाख रुपैयाँमा सिमित गर्ने निर्णय गरिएको भन्दै वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

असन्तुष्ट वडाध्यक्षहरु खड्गबहादुर लिम्बु, पलकबहादुर बस्नेत र यमप्रकाश मगरले बजेट कटौतीको एकलौटी निर्णय फिर्ता नलिए आन्दोलन थाल्ने चेतावनीसमेत दिएका छन् ।