
एजेन्सी, असार ५ । घृणा फैलाउन खोजेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले पोस्ट गरेको एउटा विज्ञापन हटाइदिएको छ ।
नाजी जर्मनीमा प्रयोग हुने संकेत प्रयोग गरेकाले ट्रम्पको चुनावी विज्ञापन हटाएको फेसबुकले जनाएको हो ।
ट्रम्पको चुनावी अभियानको विज्ञापनमा प्रयोग भएको रातो त्रिकोण नाजीले कम्युनिष्टसहितका आफ्ना विपक्षीलाई इंगिद गर्न प्रयोग गर्ने संकेतसँग मिलेको फेसबुकले जनाएको छ ।
तर ट्रम्पको चुनावी अभियानले फार लेफ्ट एक्टिभिस्ट ग्रुप एनटिफालाई संकेत गर्न सो त्रिकोण प्रयोग गरेको दाबी गरेको छ । एनटिफाले सो रातो त्रिकोण प्रयोग गर्छ ।
विज्ञापनले संस्थागत रुपमै घृणा फैलाउन खोजेको आरोप फेसबुकको छ । आफ्नो नीतिविरुद्ध भएकाले विज्ञापन हटाइएको उसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्