Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


काठमाडौं महानगरपालीकाको नीति तथा कार्यक्रम सार्वजानिक, करदातालाई छुट


0
Shares

काठमाडौं, असार ४ । काठमाडौं महानगरपालिकाले कोभिड १९ को महामारीबाट प्रभावित करदातालाई छुट दिने भएको छ ।
महानगरपालीकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले राजस्व परिचालन तथा वित्तिय व्यवस्थापन नीति राजस्व प्रशासनलाई कर दातामैत्री बनाउने बताए ।
महानगरको मापदण्ड अनुसार कर तिरेको घरको बिमाका साथै शहरी सुव्यवस्था कायम गर्न र प्रदुषण नियन्त्रणका लागि चक्रपथ क्षेत्रभित्र निर्माण सामग्रीको डिपो र सवारी साधनको वर्कशप पनि हटाइने उनले बताए ।
यस्तै महानगरले विपद् व्यवस्थापनका लागि जोखीमपुर्ण अवस्थामा रहेका पेट्रोलपम्प तथा ग्यास डिपो हटाउनुका साथै आगामी आर्थिक वर्षमा कोटेश्वर, कंलकी, महाराजगन्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौं महानगरपालीका क्षेत्रभित्रका प्रमुख चोकमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईट जडान गर्ने, विद्युत, टेलिफोन, केवल टिभि ईन्टरनेटका तारलाई भुमीगत गर्ने, लघु, घरेलु तथा साना उद्योगमा कोभिड १९ ले पारेको प्रभाव सम्बोधन गर्न रिभल्बिङ फन्ड स्थापना गर्ने, छाडा पशुको पशुको व्यवस्थापन गर्ने पनि महानगरले अघि सारेको छ ।