१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


फिदिममा जिल्ला स्वास्थ्य कार्यालय पुनस्र्थापना


0
Shares

पाँचथर । पाँचथरको फिदिममा जिल्ला स्वास्थ्य कार्यालय पुनस्र्थापना गरिएको छ ।

संघीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय हटेपछि तीन वटा जिल्ला हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय पुनस्र्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले गरे ।

उनले स्वास्थ्य कार्यालय सञ्चालनपछि पाँचथर, इलाम र ताप्लेजुङका नागरिकलाई सहज हुने बताए ।

स्वास्थ्य निर्देशनालय विराटनगरका प्रमुख भूपेन्द्रराज डोटेलले महामारी नियन्त्रण तथा स्थानीय तह र प्रदेशसँग समन्वय गरेर काम गर्न कार्यालय स्थापना गरिएको बताए । 

खोपको सुनिश्चतता गर्न, महामारीको नियन्त्रण गर्न, स्थानीय तहलाई सुदृढीकरण गर्न तथा प्रदेश र स्थानीय तहसँग समन्वय गर्न कार्यालय स्थापना गरिएको जनाइएको छ ।